चैत २१, २०८० बुधबार

नयाँदिल्ली, २१ चैत (रासस/ एएफपी) : मध्य भारतमा भएको झडपमा कम्तीमा १३ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले बुधबार जनाएको     
    
छत्तीसगढ राज्यको बिजापुर जिल्लाको दुर्गम जङ्गलमा मङ्गलबार सुरक्षा बलसँग गोली हानाहान भएको थियो     
    
स्थानीय प्रहरी प्रमुख पी सुन्दरराजले अधिकारीहरूले राइफल, मेसिन गन गोलाबारुद ठूलो परिणममा जफत गरेको बताउनु भएको मृतकहरुको पहिचान हुन बाँकी रहेको बताउँदै सुन्दरराजले मृतकमध्ये तीन जना महिला रहेको बताउनु भएको     
    
प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्ष भारतमा ५० जना भन्दा बढी माओवादी मारिएका छन् जसमध्ये सबैभन्दा बढी ४६ जना छत्तीसगढमा अन्य चार महाराष्ट्र राज्यमा मारिएका छन्      
    
मध्य, दक्षिणी पूर्वी राज्यहरूमा फैलिएकोे विद्रोही बहुलरेड करिडोरमा माओवादी विद्रोहीहरूसँग लड्न भारतले दशौँ हजार सुरक्षाकर्मी तैनाथ गरेको     
    
नक्सलवादी भनेर चिनिने ग्रामीण गरिबहरूका लागि लडिरहेका विद्रोहीहरूले सन् १९६७ देखि छापामार आक्रमण गरिरहेका छन्     
    
भारत सरकारले दुर्गम क्षेत्रहरूमा पूर्वाधार विकासमा लाखौं डलर खर्च गरेको सन् २०१० मा ९६ जिल्लामा फैलिएको माओवादी प्रभाव सन् २०२३ मा ४५ जिल्लामा सीमित भएको     
    
सरकारी तथ्याङ्क अनुसार गत दशकमा मारिएका विद्रोहीहरूको वार्षिक सङ्ख्या दुई तिहाइभन्दा बढीले घटेको भारतमा आगामी अप्रिल १९ देखि लोकसभाका लागि हप्ता लामो आमनिर्वाचन हुँदैछ