चैत २१, २०८० बुधबार

काठमाडौँ, २१ चैतः एमएमएस फ्रेन्डसिप कप अन्तर्गतको लिगको आज भएको चौथो खेलमा नेपालले गुजरातसामू एक सय ८२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८१ बनायो     
    
 नेपालका सुरुआत उत्कृष्ट रह्यो दुवै ओनपरले पहिलो विकेटका लागि एक सय २५ रनको साझेदारी गरे सुरुआत राम्रो भए पनि नेपाली ब्याटरले फिनिसिङ गर्नबाट भने चुके पहिलो विकेटका रुपमा नेपालले कुशल भुर्तेललाई गुमायो उनले दुई छक्का नौ चौकाको सहयोगमा ६७ रन बनाए अर्का ओपनर मोहम्मद आशिफ शेखले ८५ रनको योगदान दिए उनले ५१ बल खेल्ने क्रममा पाँच छक्का १० चौका प्रहार गरे     
    
 तर अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् कप्तान रोहित पौडेलले तीन रन बनाए भने सन्दीप जोराले दुई मात्रै बनाए कुशल मल्लले एक, गुलशन झाले चार रन बनाए अनिल शाह शून्यमा आउट भए भने विवेक यादव सात रन प्रतीस जिसी चार रनमा अविजित रहे     
    
 गुजरातका लागि जयमित पटेलले तीन विकेट लिए भने आर्या देसाइ ध्रुशान्त सोनीले दुई/दुई विकेट लिए     
    
 गुजरात अहिले जवाफी ब्याटिङमा उत्रिएको