चैत २२, २०८० बिहिबार

मोरङ,२२ चैत: विभागीय टोली एपीएफलाई गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङविराट गोल्डकपफुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको     
    
बुधबार राति सहिद रङ्शालामा भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिला फुटबल क्लबले उक्त परिणाम निकालेको हो टाइब्रेकरमा पनि दुवै टोलीले गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको हो     

साङ्ग्रिला क्लबका विशाल सुनार , आशिष चापागाईं, उमेश कार्की किरण राईले गरेका प्रहार गोलमा परिणत भएको थियो     
    
एपीएफका अनिश महर्जन, सुमन श्रेष्ठ विश्वास उदास गोल गर्न सफल भएका थिएभने दिपेश धिमाल कुलदीप कार्की गोल गर्न चुकेका थिए साङ्ग्रिला क्लबका गोलरक्षक विशाल सुनारले उनीहरूका प्रहार रोकेर आफ्नो टोलीलाई जिताएका हुन् उनी प्लेयर अफ म्याच घोषित भएर नगद रु ११ हजार पुरस्कार प्राप्त गरे     
    
आज काठमाडौँको मच्छिद्र फुटबल क्लब सिक्किमको ड्रागन फुटबल क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् उपाधिका लागि पर्सी शनिबार प्रतिस्पर्धा हुनेछ