चैत २२, २०८० बिहिबार

फुङ्लिङ (ताप्लेजुङ), २२ चैत : जिल्लाको मैवाखोला गाउँपालिकाले पालिकाका विपन्न परिवारलाई सोलार प्यानल वितरण गरेको गाउँपालिको नम्बर वडाका विपन्न परिवारलाई सोलार वितरण गरिएको हो     
    
गाउँपालिकाको सबैभन्दा दुर्गम बस्ती साम्ताङ्क गाउँका २२ परिवारलाई सोलार प्यानल प्रदान गरिएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमले बताउनुभयो उहाँका अनुसार सोही गाउँका अन्य परिवारलाई सोलार प्यानल प्रदान गर्ने पालिकाको योजना     
    
चालु आर्थिक वर्षमा गाउँपालिकाले रु दश लाख बजेट विनियोजन गरेर नवीकरणीय ऊर्जा प्रवद्र्धन कार्यक्रममार्फत सोलार प्यानल प्रदान गरेको अध्यक्ष बनेमले बताउनुभयो अघिल्लो वर्ष सोही गाउँमा ११ परिवारलाई सोलार प्यानल वितरण गरिएको थियो