चैत २२, २०८० बिहिबार

दमौली (तनहुँ), २२ चैत : तनहुँको शुक्लागण्डकी नगरपालिका खैरेनीटारमा रहेको खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले महिलालाई आत्मनिर्भर बनाउने नीतिसहित कार्यक्रमलाई अगाडि बढाएको नगरपालिका क्षेत्रभित्रका महिलालाई सहकारीमा आबद्ध गरी उनीहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई जोड दिएको हो     
    
 सहकारीले शेयर सदस्यलाई स्वरोजगार उद्यमशील बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको सहकारीका अध्यक्ष सुशीला गुरुङले बताउनुभयो सहकारीका सदस्यलाई अकबरे खुर्सानी, मौसमी तथा बेमौसमी तरकारीखेती, पशुपालन, कुखुरापालन, बेसार तथा अदुवाखेती, सिलाइबुनाईलगायत तालिम सञ्चालन गरी स्वरोजगार बनाउँदै आइएको उहाँले जानकारी दिनुभयो     
    
 गुरुङले सहकारी संस्थाको ३४ वटा इकाइका सदस्यलाई तालिम सञ्चालन गरिएको बताउनुभयो उहाँले भन्नुभयो, “सदस्यहरूले उत्पादन गरेको कृषि उपज सामग्री बजारीकरणका लागि सहकारी संस्थाले सहयोग गरिरहेको ”    
    
 शुक्लागण्डकी नगरपालिका का सदस्यलाई बाख्रापालन व्यवसाय विकास गर्न दुईवटा उन्नत जातका बोका अनुदानको रूपमा सहयोग गरेको सहकारीले अकबरे खुर्सानी विकास गर्नका लागि वडा नं का सदस्यलाई बीउ वितरण गरेको भने कालीभञ्ज्याङ क्षेत्रमा नेट जाली, प्लाष्टिक टनेललगायत सामग्री प्रदान गरेको     
    
 संस्थाले सदस्यको उद्यमशीलता वृद्धि गर्नका लागि वडा नं मा बेसार उत्पादनसम्बन्धी तालिम प्रदान गरी बीउ वितरण गरेको अध्यक्ष गुरुङले बताउनुभयो उहाँका अनुसार एक सय २० जना शेयर सदस्यलाई खाना पकाउने विद्युतीय चुलो समेत प्रदान गरिएको     
    
 विसं २०५९ जेठ गते स्थापना भएको सहकारी संस्थामा हाल दुई हजार सात शेयर सदस्य आबद्ध छन् सहकारी संस्थामा रु चार करोड ३२ लाख ६४ हजार शेयर पुँजी रहेको बचत रु १८ करोड ५० लाख ३२ हजार एक सय ७१ रहेको सहकारीमा जगेडा कोष रु एक करोड १३ लाख ६९ हजार रहेको सहकारी संस्थाका व्यवस्थापक लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो उहाँका अनुसार संस्थाले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको     
    
 रु ५० लाखमा जग्गा खरिद गरी भवन निर्माण गरेको श्रेष्ठको भनाइ उहाँका अनुसार हाल संस्थामा पाँच जना कर्मचारी छन् सहकारीले चालु आर्थिक वर्षमा तीन हजार दुई सय शेयर सदस्य वृद्धि गर्ने तथा शुक्लागण्डकी नगरपालिकासँग समन्वय गरी सदस्यले उत्पादन गरेका कृषि सामग्री बिक्रीका लागि हाटबजार सञ्चालन गर्ने योजना बनाएको