चैत २२, २०८० बिहिबार

काठमाडौँ, २२ चैत : सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहनेगरी तोकेको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो     
    
 यसअघि श्रम अदालतको मुकाम काठमाडौँ जिल्लामा रहने गरी तोकिएको थियो     
    
 बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा सप्तरी निवासी प्रा डा पशुपति चौधरी सदस्यमा सिरहा निवासी डा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको     
    
 बैठकले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सदस्य पदमा झापा निवासी डा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गरेको मन्त्री शर्माले जानकारी दिनुभयो     
---