चैत २३, २०८० शुक्रबार

काठमाडौँ, २३ चैतः दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्याण्डले नेपाललाई एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्डले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन मात्रै बनाउन सक्यो     
    
 उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले उनले ५९ बल खेल्ने क्रममा दुई छक्का पाँच चौको सहयोगमा ५० रन बनाए कप्तान निल रकले ३८ बलमा तीन छक्का तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्     
    
 नेपालका लागि रिजन ढकाल सहाब आलमले तीन÷तीन विकेट लिए भने मौसम ढकालले दुई कमल ऐरीले एक विकेट लिए     
    
 प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड२१ रनले पराजित भएको थियो