चैत २३, २०८० शुक्रबार

काठमाडौँ, २३ चैतः आयरल्याण्डले एक खेल अगावै एकदिवसीय क्रिकेट शृङ्खलामाथि कब्जा जमाएको     
    
 कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको दोस्रो एकदिवसीय खेलमा आयरल्याण्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै शृङ्खलामा कब्जा जमाएको हो आयरल्याण्डपहिलो खेलमा २१ रनले विजयी भएको थियो     
    
 आयरल्याण्डले जितका लागि प्रस्तुत गरेको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल१६ दशमलव पाँच ओभरमा ६० रनमा समेटियो नेपालटोलीका कुनै पनि ब्याटरहरुले उल्लेख्य रन बनाउन सकेनन्     
    
 नेपालका लागि भीम सार्कीले १७ कप्तान विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्     
    
 पाँच ब्याटरहरु देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमल ऐरी मौसम ढकाल शून्य रनमा आउट भए नरेन भट्टले , अर्जुन साउदले पाँच, बसिर अहमदले सहाब आलमले एक रन बनाए     
 आयरल्याण्डका लागि म्याथ्यु हम्फ्रिज एक्लैले विकेट लिए साथै फिओन ह्याड थोमस माएजले दुई÷दुई विकेट लिए     
    
 त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्डले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो     
    
 उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले उनले ५९ बल खेल्ने क्रममा दुई छक्का पाँच चौको सहयोगमा ५० रन बनाए कप्तान निल रकले ३८ बलमा तीन छक्का तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्     
    
 नेपालका लागि रिजन ढकाल सहाब आलमले तीन÷तीन विकेट लिए भने मौसम ढकालले दुई कमल ऐरीले एक विकेट लिए     
    
 प्रतियोगिताको अन्तिम खेल आइतबार हुनेछ