चैत २३, २०८० शुक्रबार

जुम्ला, २३ चैत : जुम्लाको चन्दननाथ नगरपालिका१० स्थित बोहोरा गाउँमा १५ शय्याको अस्पताल निर्माण हुने भएको कर्णाली प्रदेशअन्तर्गत रहेको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आह्वान भएपछि १५ शय्याको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको हो     
    
 रु १२ करोडको लगानीमा उक्त अस्पताल निर्माण हुने नगर प्रमुख राजुसिंह कठायतले जानकारी दिनुभयो उहाँका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्नका लागि सङ्घीय सरकारले बजेट छुट्याएको आयुर्वेदक परम्परागत भरपर्दोे उपचार पद्धति भएकाले यसको विकास गर्न सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको स्वास्थ्य विभागले पहल गरेको उहाँले जानकारी दिनुभयो     
    
 नगरप्रमुख कठायतले भन्नुभयो, “सबै कागजात जुटाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले ठेक्का आह्वान गरेको बहुवर्षीय आयोजनाअन्तर्गत बन्ने १५ शय्याको आयुर्वेद अस्पतालका लागि आगामी आर्थिक वर्षका लागि रु तीन करोड रकम विनियोजित गरिने उहाँले जानकारी दिनुभयो     
    
 स्रोत सुनिश्चितता नहुँदा ठेक्का खोल्न सकिएको थिएन पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखासँगको निरन्तर समन्वयपछि ठेक्का खोल्न सकिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी चन्द्र खड्काले बताउनुभयो     
    
 बहुवर्षीय ठेक्काको स्रोत सहमतिको अवधि बढीमा तीन वर्षको हुनेछ स्रोत सहमति प्राप्त भएको आयोजनाको आर्थिक वर्ष २०८०/८१ को हकमा चैत मसान्तसम्म खरिद प्रक्रिया सुरु गरिसक्नुपर्ने प्रावधानअनुसार काम अगाडि बढेको आयोजनाका सूचना अधिकारी खड्काको भनाइ     
    
 घर आँगनमै अस्पताल बन्न लागेपछि यहाँका स्थानीयवासीमा खुसी छाएकोे भन्दै उक्त अस्पताल समयमा नै सम्पन्न गर्न आफूले पहल गर्ने नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले बताउनुभयो