चैत २५, २०८० आइतबार

काठमाडौँ, २५ चैत : नेपाल वन प्राविधिक सङ्घको अध्यक्षमा राकेश कर्ण निर्वाचित हुनुभएको शनिबार भएको मतदानमा कर्णले एक हजार दुई सय ६१ मत प्राप्त गरी विजयी हुनुभयो उहाँका निकटतम् प्रतिस्पर्धी विजयराज पौडेलले आठ सय ६८ मत प्राप्त गर्नुभयो     
    
कर्ण प्रजाान्त्रिक वन प्राविधिक सङ्घ, मधेसका लागि वन नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो त्यस्तै पौडेल प्रगतिशील वन प्राविधिक सङ्घ मधेसका वनको तर्फबाट उम्मेदवार बन्नुभएको थियो     
    
वनको संरक्षण, व्यवस्थापन अध्ययनकर्ताको साझा पेसागत सङ्गठनका रुपमा रहेको सङ्घमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष सदस्य गरी १४ सदस्यीय समितिका लागि निर्वाचन भएको थियो अध्यक्षका दुवै उम्मेदवार प्यानलसहित निर्वाचनमा होमिनुभएको थियो कर्ण नेतृत्वको प्यानल उपाध्यक्ष महिला सदस्यबाहेक १२ पदमा निर्वाचित भएका छन्     
    
सङ्घको कार्यकाल तीनवर्ष रहेको कुल तीन हजार एक सय ६७ मतदातामध्ये दुई हजार दुई सय सय मत खसेको निर्वाचन समितिका संयोजक अरुण शर्मा पौडेलले जानकारी दिनुभयो