चैत २५, २०८० आइतबार

दाङ, २५ चैत : अहिले गर्मीको मौसम कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मसुरोलाई दाइँ लगाइ रहेका छन् भने कोही टाउकोमा बोकेर तोरी घरतर्फ ल्याइरहेका देखिन्छन् अहिले यो दृश्य यहाँका खेतबारीमा काम गर्ने किसानको हो उनीहरुलाई यतिबेला तोरी, गहुँ, मसुरो, चनालगायत हिउँदे बाली भित्र्याउन चटारो परेको     
    
 यसपटक दाङमा हिउँदमा खासै पानी परेन अहिले खेतमा गहुँ, चना, मसुरो पाकेकाले काट्न सुरु गरिएको दङ्गीशरण गाउँपालिका की ४२ वर्षीया मैती चौधरीले बताउनुभयो उहाँले भन्नुभयो, “बाली भित्र्याउने बेला पानी पर्छ कि भन्ने डरले चर्को गर्मीमा पनि बाली भित्र्याउने हतार पानी परेर भिज्यो भने वर्षभरिको मेहनत खेर जान्छ उहाँले दुई बिगा जमिनमा गहुँ, एक बिघामा हिउँदे तोरी, १० कठ्ठामा मसुरो पाँच कठ्ठामा चना खेती गरेको बताउनुभयो     
    
 तुलसीपुर उपमहानगरपालिका१० गोलौरीकी ४५ वर्षीया सरस्वती कुवँरले केहिले बादल, कहीले गर्मी भइराखेको भन्दै एक्कासी पानी ¥यो भने खेतबारीमा उत्पादन भएको अन्नबाली नष्ट हुने बताउनुभयो पानी पर्यो भने बाली स्याहार्न समस्या होला भनेर दिनभरि खेतमा काम गरिरहेको उहाँले बताउनुभयो बाली भित्र्याउने बेलामा एक्कासी पानी ¥यो भने नोक्शानी हुन्छ त्यसैले हतारमा बाली भित्र्याइरहेका छौँ”, उहाँले भन्नुभयो     
    
 केही दिनदेखि यहाँको मौसममा बदली भई बादल लाग्ने घाम लाग्ने भइरहेको हिउँदभरि स्याहार गरेर जोगाएको अन्न पानी परेपछि कुहिने हो की भन्ने डर रहेको तुलसीपुर की प्रमिला चौधरीले बताउनुभयो हाम्रो महिनाको मेहिनत हो पानी परे कुहिन्छ की भन्ने डर पनि ”, उहाँले भन्नुभयो     
    
 दाङ तोरी उत्पादनका हिसाबले उत्तम जिल्ला मानिन्छ जिल्लामा दुई सिजनमा तोरीखेती गरिँदै आइएको करिब १७ हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने दाङमा वर्षेनी २५ हजार मेट्रिकटनको हाराहारीमा उत्पादन हुने गर्छ जिल्लामा हाल दङ्गीशरण, शान्ति नगर बवइलगायतमा तोरी उत्पादन हुने जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएकोछ     
    
 केन्द्रका अनुसार जिल्लामा १२ हजार हेक्टरमा गहुँ खेती हुँदा ३० हजार मेट्रिकटनको हाराहारीमा उत्पादन हुन्छ भने २७ हजार सय हेक्टर जमिनमा मसुरो खेती हुँदा २० हजार एक सय मेट्रिकटन उत्पादन भइरहेको