चैत २५, २०८० आइतबार

सिमकोट (हुम्ला), २५ चैत : हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा शनिबारदेखि सिजन फ्लु फैलिनुका साथै बिरामीको सङ्ख्या बढ्दै गएको     
    
 गाउँपालिकाको वडा नं मा सिजन फ्लुका बिरामीको अत्यधिक चाप बढेर उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको यहाँका स्वास्थ्यकर्मीले बताएका छन् गाउँपालिकाको वडा नं मा पर्ने लमही गाउँबाट फैलिएको सिजनल फ्लु रोकथामका लागि लौठी स्वास्थ्य चौकीमार्फत शिविर सञ्चालन भएर सामान्य रुपमा नियन्त्रणमा आए पनि सोही वडाकै पाल्स, काँखे बारीगाउँ करगही गाउँमा नयाँ बिरामी देखापरेको लौठी स्वास्थ्य चौकीका इन्चार्ज नवराज भण्डारीले बताउनुभयो     
    
 स्वास्थ्य चौकीमार्फत सञ्चालन भएको शिविरमा एक सय ४९ बिरामीको उपचार गरेको उहाँले बताउनुभयो लमहीमा नियन्त्रणमा आए पनि अन्य बस्तीमा फैलिएको इन्चार्ज भण्डारीले बताउनुभयो नियन्त्रणका लागि आफुहरु नियमित लागि पर्नुका साथै ओपिडीबाट सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो     
    
 यस्तै गाउँपालिकाको केन्द्र रहेको श्रीनगर स्वास्थ्य चौकीमा केही दिनयतादेखि बिरामीको चाप बढ्दै गए पनि एक स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् अन्य स्वास्थ्यकर्मी तालिमका लागि स्वास्थ्य संस्था बाहिर रहेको श्रीनगर स्वास्थ्य चौकीका निमित्त इन्चार्ज प्रयोगलाल जैसीले बताउनुभयो     
    
 श्रीनगर स्वास्थ्य चौकीमा वडा नं बाट बिरामी उपचारका लागि आउने भएकाले चाप बढेको निमित्त इन्चार्ज जैसीले बताउनुभयो एक दिनमा ५० देखि ८० बिरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो दैनिक ठूलो सङ्ख्यामा बिरामीको स्वास्थ्य चौकीबाट उपचार भइरहेको उहाँको भनाइ     
    
 जैसीले भन्नुभयो, “अहिले स्वास्थ्य चौकीमा औषधि प्रयाप्त मात्रा , रोग फैलिए पनि रोग नियन्त्रका लागि गाउँपालिकाले औषधि सबै पुर्याएको अहिले औषधिको अभाव भने नभएको उहाँले बताउनुभयो पालिकाभित्र रहेका अन्य स्वास्थ्य चौकीमा पनि औषधि पर्याप्त मात्रामा रहेको उहाँको भनाइ श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई रोग अरुलाई सर्न सक्छ भनेर नियमित मास्कको प्रयोग गर्न जोड दिनुका साथै वितरणसमेत गरिएको