चैत २५, २०८० आइतबार

    टेक्सास २५ चैत  :   सामाजिक सञ्जालमार्फत टेस्ला कार उत्पादन कम्पनीका कार्यकारी प्रमुखएलन मस्कलेआठ अगस्टमारोबोट्याक्सीको सञ्चालन गर्ने घोषणा गर्नुभएको यो टेस्लाको सबैभन्दा महत्त्वपूर्ण उत्पादनमध्ये एक हुने मस्कले बताउनुभयो     
    
टेस्लाले मानव नियन्त्रण नरहने कार बनाउने टेस्ला कार सफ्टवेयरको माध्यमबाट चालकरहित सवारीलाई प्रोत्साहन गर्दै जाने मस्कले यस पहिले सन् २०१९ मा नै घोषणा गर्नुभएको थियो     
    
कारहरूले पूर्ण रूपमा स्वायत्त ट्याक्सीको रूपमा सडकमा आवागमन गर्न विना कुनै मानवीय सहयोग यात्रुहरूलार्ई ट्याक्सी चढाउने झार्ने गर्नुका साथै राम्रो आम्दानी गर्न सक्ने उहाँले बताउनुभयो     
    
अप्रिल सन् २०१९ मा टेस्लाले सन् २०२० सम्ममारोबोट्याक्सीसञ्चालन गर्न थाल्ने उहाँले बताउनुभएको थियो टेस्ला कम्पनीद्वारा उत्पादित स्वायत्त कार ११ वर्ष टिक्ने १६ लाख किलोमिटरभन्दा बढी चल्ने यसबाट कम्पनी कार मालिकले प्रत्येक वर्ष ३० हजार अमेरिकी डलर बराबरको नाफा कमाउन सक्ने उहाँले बताउनुभयो     
    
यद्यपि कहिलेकाहीँ घोषणा गरिएका काम सोचे अनुरूप पुरा हुन नसक्ने तर यसले कुनै कुनै दिन सार्थकता पाउनेसमेत उहाँले बताउनुभयो कहिलेकाहीँ मैले सोचेको काम समयमा नभए पनि मैले सोचेको कुरा कालान्तरमा टेस्ला समूहले गरेको ,” उहाँले भन्नुभयो     
    
उपभोक्ताहरूलेनयाँ टेस्ला मोडलकारको खरिद मूल्य ४० हजार अमेरिकी डलरमा अतिरिक्त १२ हजार अमेरिकी डलर मूल्य थपेपछि पूर्णरूपमा स्वचालित क्षमताको कार खरिद गर्न सक्ने उहाँले बताउनुभयो     
    
पूर्ण स्वड्राइभिङ क्षमता एक महिनाको १९९ अमेरिकी डलर तिरेरसदस्यता व्यापार मोडेलको आधारमा खरिद गर्न सकिने उहाँले जानकारी दिनुभयो सदस्यता व्यापार मोडेल अनुसार ग्राहकले उत्पादन वा सेवामा पहुँचको लागि नियमित अन्तरालमा पुनरावृत्ति मूल्य तिर्नुपर्छ