चैत २८, २०८० बुधबार

धुलिखेल (काभ्रेपलाञ्चोक), २८ चैत : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका१० खोपासीमा सञ्चालित हाते कागज (फ्रेण्डसिप पेपर) उद्योग कच्चापदार्थको अभावका कारण सङ्कटमा परेको     
    
 आवश्यक परेका बेलामा कच्चापदार्थ (लोक्ता अर्गेली)को अभाव, उत्पादन भएको कागज बिक्रीका लागि बजारको अभावका साथै आर्थिक व्यवस्थापनका लागि बैंकले ऋण नदिँदा उद्योग सञ्चालनमा सङ्कट उत्पन्न भइरहेको सञ्चालकले जनाएको     
    
 उद्योगका सञ्चालक चतुरमान शाक्यले मागअनुसार कच्चापदार्थको आपूर्ति नहुँदा भनेजस्तो उत्पादन गर्न समस्या भइरहेको बताउनुभयो साथै उत्पादित कागजको सहज रुपमा बिक्री नहुँदा समस्या हुने गरेको उहाँको भनाइ     
    
 उद्योगमा लोक्ता अर्गेली पेल्नका लागि तयार गर्ने काममा व्यस्त मनिता कार्कीले यहाँस्थित नेपाली कागज उद्योगमा वर्षौँदेखि काम गर्दै आएको बताउनुभयो उद्योग सिजन अनुसार जसोतसो सञ्चालन हुँदै आएको उहाँको भनाइ     
    
 “घाम नलाग्दा पानी परेको बेलामा काम हुँदैन”, कार्कीले भन्नुभयो, “घामको भरमा काम गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि बजेसम्म मात्रै काम गर्ने गरेका छौँ उद्योगमा कार्यरत सबै मजदुर आएमा दैनिक पाँच/ कोरी उत्पदान हुने उहाँले जानकारी दिनुभयो     
    
 उद्योगमा कार्यरत अर्का मजदुर सवला गुरागाईंले कात्तिकदेखि वैशाखसम्म मात्रै काम हुने भन्दै आफ्नै टोलमा उद्योग भएकाले काम भने सहजै पाउने गरेको बताउनुभयो उहाँले विसं २०६२ देखि यहाँ काम गर्दै आएको बताउनुभयो उहाँहरु जस्तै उक्त उद्योगमा दैनिक १४ जनाले कागज उत्पादनमा काम गरिरहेका छन् आवश्यक परेको बेलामा कच्चापदार्थको आपूर्ति नहुँदा उत्पादनमा समस्या हुने गरेको उहाँहरुको भनाइ ठूलो ड्रममा उसिनेर कच्चापदार्थ पेल्नेबाहेक सबै काम मजदुरले गर्ने गरेका छन्     
    
 विसं २०५८ मा दुई जनाले दर्ता गरेर सञ्चालन गरेकोफ्रेण्डसिप पेपर उद्योगअहिले पनि जसोतसो सञ्चालन भइरहेको उद्योगका सञ्चालक शाक्यले बताउनुभयो अहिले आवश्यक कच्चापदार्थ तथा बजारको अभाव, बिक्री गरेपनि समयमा पैसा नपाउनेलगायत समस्याले उद्योग सङ्कटमा पर्न थालेको उहाँको भनाइ अहिले दुई जनाले उद्योग सञ्चालनलाई निरन्तरता दिँदै आएको उहाँले जानकारी दिनुभयो     
    
 “बजार सामान बिक्री गर्दा समयमा पैसा नदिने गरेकाले गाडी भाडा, मजदुरको ज्यालालगायत खर्चसमेत नपुग्ने अवस्था थियो पछिल्लो समय यसलाई व्यवस्थापन गर्दै लगेका छौँ”, शाक्यले भन्नुभयो, “अहिले बजार पनि राम्रो छैन केही मजदुरलाई भने अझै रोजगार दिन सकिरहेका छौँ उहाँका अनुसार उद्योगबाट २० ग्राम ८० ग्रामका कागज उत्पादन हुँदै आएको     
    
 उत्पादित २० ग्रामको प्रतिकागज रु २० ८० ग्रामको रु ७० मा बिक्री हुने गरेको सत्तचालक शाक्यले जानकारी दिनुभयो उत्पादन गरेअनुसार बजारमा सामान बिक्री नहुँदा करिब रु पाँच/ लाखको सामान गोदाममा थन्किएको उहाँको भनाइ     
    
 “कच्चापदार्थ आवश्यकता अनुसार नपाउने, पहिला नै भुक्तानी गरेर माग गर्नुपर्ने, आफूले भनेजस्तो नपाउने, बजार अभावलगायत कारणले उद्योग सङ्कटमा पर्दै गएको ”, सञ्चालक शाक्यले भन्नुभयो राज्यले आवश्यक कच्चापदार्थ, उत्पादन भएको वस्तुको सहज बजारीकरण लगानीको पर्याप्त वातावरण बनाइदिएको अवस्थामा उद्योगको अस्तित्व बचाउन सकिने उहाँको भनाइ     
    
 उद्योगलाई निरन्तरता दिन बजारको सुनिश्चितता मुख्य आधार भएकाले त्यसको व्यवस्थापन राज्यले गरेमा भएका उद्योगलाई बचाउन थप रोजगारीका अवसर सिर्जना गर्न सकिने शाक्यले बताउनुभयो