चैत ३०, २०८० शुक्रबार

काठमाडौँ, ३० चैतः एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्नेछ     
    
ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच हुने यो टि२० अन्तर्राष्ट्रिय खेल दशौँपटकको हो यसअघि नेपालले आठ खेल जित्दा मलेसियाले एकमा मात्र विजय हासिल गरेको     
टि२० ढाँचामा हुने एसिसी प्रिमियर कपमा १० टोलीको सहभागी हुनेछन् तिनलाई दुई समूहमा विभाजन गरिएको नेपाल समूहमा परेको यो समूहमा नेपाल, हङकङ, मलेसिया, कतार साउदी अरब छन्     
    
समूहबीमा बहराइन, कम्बोडिया, कुवेत, ओमान संयुक्त अरब इमिरेट्स (युएई) छन् उक्त प्रतियोगताको उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ     
    
खेल तालिकाअनुसार आजै अपराह्न हुने समूहअन्तर्गतको अर्को खेल हङकङ कतारबीच हुनेछ नेपाल भोलि कतारसँग वैशाख गते हङकङसँग भिड्नेछ समूह चरणको अन्तिम खेल वैशाख गते साउदी अरबसँग हुनेछ प्रतियोगितामा वैशाख गतेसम्म सञ्चालन हुनेछ     
    
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित गुल्सन झा, करण केसी, प्रतिश जिसी, कुशल भूर्तेल, सन्दीप जोरा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख अनिल साह छन्