चैत ३०, २०८० शुक्रबार

झापा, ३० चैत: नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले महिला बक्सिङकी त्रिशा जबेगु तेक्वान्दोका रोशन मगरलाईवर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरेको     
 

वि.सं. २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गरेको खेल कौशलका आधारमा बिहीबार साँझ विर्तामोडमा आयोजितपाँचौँ स्पोर्टस् अवार्डकार्यक्रममा मञ्चले खेलाडीद्वयलाई सम्मान गरेको हो     
    
वर्ष उत्कृष्ट खेलाडी घोषित दुवैले जनही नगद रु. एक लाख ट्रफी प्राप्त गर्नुभएको सोही अवसरमा मञ्चले नेपालकी प्रथम ओलम्पियन मेनुका राउतलाईलाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको उहाँलाई नगद रु. ५० हजार प्रदान गरिएको हो     
    
पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा योगदान पुर्याए वापत मञ्चले पत्रकार रमेश समदर्शीलाईउत्कृष्ट खेल पत्रकारबाट सम्मान गरिएको उहाँलाई सम्मानस्वरुप नगद रु. ३५ हजार प्रदान गरिएको हो     
    
फिफा रेफ्री श्याम दनुवारलाईस्पेसल अचिभमेन्ट अवार्डप्रदान गरिएको उहाँलाई नगद रु. २५ हजार ट्रफीले सम्मान गरिएको हो     
    
यसैगरी, ‘वर्ष उत्कृष्ट युवा खेलाडीसम्मान पौडीका प्रारम्भ भण्डारी, ‘पिपल्स च्वाइस अवार्डबाट क्रिकेटकी राष्ट्रिय खेलाडी रुविना क्षेत्री उत्कृष्ट प्रशिक्षकका रूपमा बक्सिङका डम्बर लिम्बूलाई सम्मान गरिएको उहाँहरुलाई जनही रु. २५ हजार नगद प्रदान गरिएको हो     
नेपाल खेलकुद पत्रकार मञ्चलले २०७३ सालदेखिझापा स्पोट्र्स अवार्डप्रदान गर्दै आएको     
    
मञ्चका झापा अध्यक्ष इन्द्रजित मुखियाले देशका निम्ति समर्पित भएर लागेका खेलाडीलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिइने बताउनुभयो