बैशाख २, २०८१ आइतबार

जुम्ला, वैशाखः जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता उपाधि धिर बुढाले जितेका छन् जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमा कनकासुन्दरी गाउँपालिका का धिर बुढा पहिलो भएको आयोजकले जनाएको     
    
 कर्णाली स्पोर्टस् क्लव जुम्लाद्वारा आयोजित पाँचौं संस्करणको जुम्लारारा अल्ट्रा म्याराथनमा दोस्रो स्थानमा तातोपानी गाउँपालिका का दल कुवर भएका छन् भने कनकासुन्दरी का शेरबहादुर बुढा तेस्रो कनकासुन्दरी का चन्द रावत चौथो भएको आयोजक क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो     
    
 सोही दूरीको महिलातर्फको दौडमा भने खोटाङकी प्रिया राई पहिलो, जुम्लाको गुठिचौर गाउँपालिकी राज्यलक्ष्मी रावत दोस्रो, तिला गाउँपालिकाकी अनिता बुढा तेस्रो हुनुभएको     
    
 पहिलो हुने धावकलाई रु एक लाख, दोस्रो हुनेलाई रु ७५ हजार, तेस्रो हुनेलाई ५० हजार, चौथो हुनेलाई रु २० हजार पाँचौँ हुनेलाई रु २० हजारपुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो     
    
 म्याराथनमा स्वदेशी विदेशी गरी ८० धावकहरु सहभागी थिए जुम्लारारा अल्ट्रा म्याराथनतर्फ खुला ४९ किमी, खुला पाँच किमी, बालबालिकास्तरीय एक किमी, विद्यालयस्तरीय पाँच किमी, ज्येष्ठ नागरिक, बुबाआमा दौड एक किमी, कर्मचारीस्तरीय पाँच किमी उद्योग तथा व्यापारीस्तरीय पाँच किमी दौड प्रतियोगिता भएको क्लबले जनाएको     
    
 विश्वभर खेल पर्यटनलाई चिनाउनका लागि कर्णाली प्रदेशलाई खेलका माध्यमबाट परिचित गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको कर्णाली स्पोर्टस् क्लबले जनाएको