बैशाख ३, २०८१ सोमबार

काठमाडौँ, वैशाख : एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने     
    
 नेपाल समूहमा रहेको उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ कतारसमेत छन् नेपाल चार अङ्कका साथ समूहको शीर्ष स्थानमा नेपालले हालसम्म खेलेका दुवै खेलमा जित हासिल गरेको नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले तथा दोस्रो खेलमा कतारसँग ३२ रनले विजयी भएको थियो नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, अनिल साह, सन्दीप जोरा, करण केसी, विवेक यादव, प्रतिश जिसी, सोमपाल कामी, ललितनारायण राजवंशी अभिनास बोहरा रहेका छन्     
    
 समूहमा हङकङ दुई अङ्कका साथ चौथो स्थानमा हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो भने दोस्रो खेलमा साउदी अरबसँग ५५ रनले पराजित भएको थियो समूहमा साउदी अरब दोस्रो तथा मलेसिया तेस्रो स्थानमा छन्     
    
 यस्तै समूहबीमा ओमान, युनाइटेड अरब इमिरेट्स (युएई), कुवेत, बहराइन कम्बोडिया छन् समूहबीमा ओमान चार अङ्कका साथ शीर्ष स्थानमा तथा युएई चार अङ्ककै साथ दोस्रो स्थानमा सो समूहमा कुवेत तेस्रो स्थानमा