बैशाख ३, २०८१ सोमबार

काठमाडौँ, चैतः एसिसी पुरुष प्रिमियर कप टिट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल हङकङवीचको खेल बर्षाले प्रभावित बनेको     
    
 ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार ११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल वर्षाले प्रभावित बनेपछि टस समेत हुन सकेको छैन प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजिमा यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो     
    
 आजको खेलमा हङकङलाई हराउन सके नेपाल एक खेल अगावै समूहबाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ यता हङकङ भने दोस्रो जितको खोजीमा रहेको यसअघि खेलेको दुई खेलमा हङकङले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको     
    
 हङकङले पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो