बैशाख ३, २०८१ सोमबार

मनाङ, वैशाखः उपल्लो मनाङमा धनुर्विद्या (मेथा) तल्लो मनाङमा धाज्याङ खेल सुरु भएको     
    
 मनाङ ङिस्याङ गाउँपालिका मनाङगाउँमा धनुर्विद्या खेलमा युवाले कला, कौशल प्रदर्शन गर्दछन् एक सातासम्म मनाइने यो खेललाई मनाङीले आफ्नो परम्परा सम्पदाकारूपमा उल्लासका साथ मनाउने गर्दछन्     
    
 विशेषगरी आफ्नो कला, पराक्रम, कौशलता प्रदर्शन गरी यहाँका गुरुङ, घले समुदायले एक सातासम्म मनाउने चलन नेपाल बाइसेचौबिसे राज्यमा विभाजित हुँदा यो पर्वको उत्पत्ति भएको अनुमान गरिएको यहाँका बुढापाकाहरुको भनाइ राजाहरू आपसमा लड्ने गर्दथे त्यसैले उनीहरूले सत्रुमाथि विजय प्राप्त गर्नका लागि यस पर्वको सुरुआत भएकोे यस पर्वलाई आजसम्म पनि निरन्तरता दिइराखेको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो     
    
 उहाँले भन्नुभयो, “हाम्रा सांस्कृतिक तथा प्राकृतिक परम्परालाई जोगाउनुपर्छ यसको संरक्षणमा युवालाई प्रोत्साहन गरिरहेका छौँ यहाँ मनाइने विभिन्न संस्कृतिको प्रदर्शनबाट नै पर्यटनसँग जोडी आयस्रोत बनाउन सक्नुपर्छ युवालाई यसतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिएका उहाँले बताउनुभयो     
    
 वसन्तऋतुको आगमनसँगै नयाँ वर्षको पूर्वसन्ध्यामा मनाइने यस पर्वलाई तल्लो मनाङमाधाज्याङपनि भनिन्छ पूजा आराधनासँगै तल्लो मनाङमा पनि आजदेखि यस पर्व सुरु भएको माथिल्लो मनाङमा सुरु भएपछि तल्लो मनाङ सुरु हुने गर्दछ यस पर्वमा गाउँका दुवै छेउका गाउँले तोकिएको ठाउँमा भेला भएर दुई समूहमा विभाजित हुन्छन् पर्व व्यवस्थापन समितिले दुवै समूहबाट पैसा उठाउँछ धनुर्विद्या प्रतियोगिता गराउँछन्     
    
 पर्वमा विजेता समूहलाई नगद पुरस्कारसहित फूलमाला खादाले सम्मान गर्ने चलन रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो चाडपर्वको अन्तिम दिन लामाहरूको अनुष्ठान नृत्य गरिन्छ नृत्य प्रदर्शनपछि दानवरुपी पुरुष महिलाका दुईवटा तस्बिर जोड्छन् यिनीहरूलाई गाउँको शत्रु मानी जसले तिनीहरूलाई प्रहार गर्छ उसैलाई त्यस वर्षकोनायकउपाधि दिइने चलन     
    
 पर्वको अन्त्यमा, गाउँलेद्वारा स्याब्रु नाच नाचिन्छ यस पर्वको मुख्य उद्देश्य भनेको दुष्ट आत्मा दानवको विनाश गरी मानिसको समृद्धि, स्वस्थ सुखी बनोस् भन्ने रहेको यसबाहेक यसपर्वमा एकता, मेलमिलाप कायम गर्ने जनविश्वास रहेको यस पर्वका अवसरमा सांस्कृतिक कार्यक्रम गरी नाचगान, भोजभतेर, आपसी मित्रता कायम गर्ने गरिन्छ