बैशाख ३, २०८१ सोमबार

लुम्बिनी, वैशाख : लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य सुरु भएको प्रदेशको गौरवको आयोजनाअन्तर्गत १२ तले अत्याधुनिक अस्पताल भवन निर्माणको काम सुरु भएको हो नयाँ भवन निर्माणका लागि पुराना संरचना हटाउने काम थालिएको     
    
 अस्पतालको पुरानो बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवा (इमर्जेन्सी), अन्तरङ्ग (इन्डोर) सेवा रहेको भवनसँगै हाल प्रशासनिक कक्ष रहेको भवन संरचना भत्काएर नयाँ संरचनाको काम थालिएको     
    
 दैनिक हजारौँ उपचारका लागि आउने अस्पताल भएकोले संरचना हटाउँदा धुलो तथा वायु प्रदूषण कम गर्न पानी छिटेर सुरक्षितसाथ काम गरिरहेको आयोजनाका साइट इञ्जिनियर रमेश शर्माले जानकारी दिनुभयो     
    
 “दुई हप्ताभित्रै पुरानो संरचना हटाएर नयाँ संरचनाको जग खन्न तयार पार्दैछौँ”, उहाँले भन्नुभयो, “अस्पतालका अन्य संरचनाको सुरक्षा तथा जग खन्ने काम भइरहेको ”    
    
 अस्पतालको नयाँ बन्ने भवन डिजाइनअनुसार दुई तला अन्डरग्राउण्ड (जमिनमुनि) हुनेछ कम्तीमा साढे सात मिटर गहिरो जग खन्नुपर्नेछ एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले रु अर्ब १८ करोड ७५ लाख लागतमा ठेक्का सम्झौता गरेको     
    
 भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्तरूपमा काम गर्नेगरी गत पुस २६ गते सम्झौता गरेको थियो सम्झौताअनुसार विसं २०८५ पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्नेछ अस्पताल भवन बुटवल उपमहानगरपालिका वडा नम्बर मा रहेको बिघा १२ कठ्ठा जग्गामा निर्माण हुँदैछ     
    
 अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपत्कालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् ग्याष्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् भवनको छतमा हेलिप्याड रहनेछ हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आवतजावत गर्न मिल्ने व्यवस्थित लिफ्ट बन्नेछ     
    
 क्यान्सर उपचारका लागि अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ पछिल्लो पाँच वर्ष यता मात्रै सङ्घीय सरकारको लगानीमा दुई पटक गरी रु ५८ करोडको लागतमा भौतिक संरचना निर्माण गरिएका छन् अस्पताल विकास समितिले इमर्जेन्सी, ओपिडी, अन्तरङ्ग सेवा, फार्मेसी, अस्पताल परिसरभित्रको सडक अस्पताल कम्पाउण्ड वाल निर्माण लगायतमा रु ३५ करोड बढी लगानी गरेको     
    
 अस्पतालमा हाल पाँच सय २० शय्या रहेका छन् यहाँ दैनिक दुई हजारभन्दा बढी बिरामीहरू उपचारका लागि आउने गर्छन् सामान्य अवस्थामा पनि ७० प्रतिशत बढी शय्या बिरामीले भरिने गर्छन्     
    
 सरकारी तीन सय अस्पताल विकास समितिमार्फत एक सय गरी चार सय शय्याको स्वीकृति पाएको अस्पतालले बिरामीको चापका कारण एक सय २४ शय्या थप गरी पाँच सय २४ शय्याको सेवा प्रदान गर्दै आएको     
    
 अस्पतालका सूचना अधिकारी डा नेत्रबहादुर रानाले अस्पतालले वार्षिक ४० लाखलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो डा रानाका अनुसार अस्पतालमा दैनिक ओपिडीतर्फ एक हजार पाँच सयदेखि दुई हजार इमर्जेन्सीमा दुई सयदेखि दुई सय ५० जनासम्म बिरामी आउने गर्छन्