बैशाख ९, २०८१ आइतबार

काठमाडौँ– एफए कप फुटबलमा म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा चेल्सीलाई १–० गोलले हराउँदै सिटी फाइलनमा पुगेको हो ।

म्यानचेस्टर सिटीका लागि बेर्नार्डो सिल्भाले गोल गरेका थिए । उनले खेलको ८४औँ मिनेटमा गरेको गोल नै सिटीको जितका लागि निर्णायक बनेको थियो ।

अब म्यानचेस्टर सिटीले फाइनलमा म्यानचेस्टर युनाईटेड र कोभेनट्री क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।

दोस्रो सेमिफाइन खेल आज राति हुँदैछ । फाइनल खेल भने मे २५ मा हुनेछ ।