बैशाख ९, २०८१ आइतबार

काठमाडौँ, वैशाख : राजधानीमा जारी वीर गणेशमान सिंह टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई विकेटले हराउँदै विजयी भएको मूलपानी क्रिकेट मैदानमा मधेस प्रदेशले प्रस्तुत गरेको एक सय २१ रनको लक्ष्य कर्णालीले १५ दशमलव ओभरमा चार विकेट गुमाउँदै पूरा ¥यो कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४१ रनको योगदान दिए उनले ४० बलमा दुई चौका दुई छक्का प्रहार गर्दै ४१ रन बनाएका हुन त्यसैगरी हिमान्शु शाहीले अविजित ३२ रन बनाउँदा विपीन शाहीले १७ तथा रवीन्द्र शाहीले १४ रन बनाए     
    
 बलिङतर्फ मधेश प्रदेशका प्रदीप पास्वान अभिषेक तिवारीले समान दुई÷दुई विकेट लिए त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २० रनको योगफल बनाएको थियो मधेसका लागि मायन यादवले सर्वाधिक ३९ रनको योगदान गरे त्यस्तै विशाल पटेलले अविजित ३२ रन बनाए भने प्रदीप पास्वानले १८ तथा कप्तान राहुल मण्डलले ११ रन जोडे     
    
 कर्णालीका लागि युनिस ठकुरीले दुई तथा दीपेन्द्र रावत, दीनेश अधिकारी, प्रकाश जैसी कप्तान दिवान पुनले समान एक÷एक विकेट लिए यस जितसँगै प्रतियोगितामा दोस्रो जित निकालेको कर्णालीले तीन खेलमा चार अङ्क बटुलेको पराजित मधेसको भने चार खेलबाट दुई खेलमा जित हात पार्दै चार अङ्क जोडेको आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई तीन रनले पराजित गर्दै विजयी भएको थियो