सर्वोच्च अदालतले संसद बदर गर्ने अदालतको निर्णयपछि नेपाली कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश दिएको छ।
नेपाली चलचित्र निर्माता तथा हाँस्य कलाकार दीपक राज गिरीले सर्वोच्चले अहिले जे निर्णय गरेपनि पछि कुरा उस्तै हो भनेर व्यंग्य गरेका छन्।
उनले लेखेका छन्, ‘राष्ट्रपतीय प्रधानमन्त्रीद्वारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तानतरण गर्ने संभावना । त्यसपछि फेरी कुरो उही। कठै ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन्।’
राष्ट्रपतिय प्रधानमंत्री द्वारा अदालतीय प्रधानमंत्री लाइ
केहि दिनका लागि मात्रै सत्ता छोड्ने सम्भावना !!! त्यस पछि फेरी कुरो उहि
…..कठै ४ बर्ष लगाएर कस्तो संबिधान बनाएछन्!!!
— Deepak Raj Giri 2016 (@deepakraj2016) July 12, 2021