असार ३१, २०७८ बिहिबार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्लाका सिडियोहरूको आजको बैठकले भोलिदेखि लागू हुने गरी १० गते सम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौं जिल्ला प्रशासनको आदेश अनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै सयमा पनि सञ्चालन गर्न पाउनेछन्। त्यसबाहेकका पसलहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन्। तर सबैले अनिवार्य रूपमा स्वास्थ्य मापदण्डहरूको पालना गर्नुपर्ने आदेशमा भनिएको छ । रेष्टुरेन्ट तथा फास्टफुडको हकमा टेक अवे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न अनुमति दिएको छ। सो सेवा साँझ सात बजे सम्ममात्रै सञ्चालन गर्न पाइने छ ।
काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमताभन्दा बढी नहुने गरी सञ्चालन गर्न पाउनेछन्।

अत्यावश्यक काम विशेषले उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई चल्न दिने अनुमति प्रशासनले गरेको छ । निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउनेछन्। यद्यपी उपत्यकाबाट बाहिरिने र भित्रिने लामो दुरीका सवारीसाधन चलाउन नपाइने भएको छ।