जेठ १६, २०८१ बुधबार

काठमाडौँ, १६ जेठ : फिल्म ‘जन्ते बाख्रो’ निर्माण हुने भएको छ । सिमोस सुनुवारको निर्देशनमा फिल्म बन्न लागेको हो । 

फिल्मको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल देखिनेछन् । सौगातसँग निर्माण युनिटले मंगलबार फिल्म अभिनय विषयमा सम्झौता गरेको छ ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको निर्माताका रूपमा सन्तोष गौतम र निर्देशक सिमोस स्वयम् रहेका छन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

गाउँले परिवेसलाई लिएर लाइट कमेडीमा फिल्म ‘जन्ते बाख्रो’ निर्माण गर्न लागेको निर्देशक सुनुवारले बताए । फिल्ममा त्रिकोणात्मक प्रेमकथालाई रोचक तरिकाबाट समेटिने उनले खुलाए ।

फिल्मका लागि अन्य कलाकारहरू छनौटको चरणमा छन् । फिल्मको छायांकन भदौदेखि सुरु हुनेछ ।