साउन ३, २०७८ आइतबार

लोकप्रिय टेलिचलचित्र मेरी बास्सैकि चम्सुरीका रुपमा प्रशिद्ध कलाकार पल्पसा डंगोल हाल अस्वस्थ्य भएर त्रिभुवन विश्वविध्यालय शिक्षण अस्पतालमा उपचार गराईरहेकि छन। शिक्षण अस्पतालको बेड नम्बर ३ सय ५ मा अहिले उपचार भइरहेको छ । केही दिन अघि देखि बिरामी भएपनि उनले हिजो अभिनेत्री दिपाश्री निरौलालाई अस्पतालको शैय्याबाट एसएमएस गरेपछि अन्यले थाहा पाएका थिए। अभिनेत्री दिपाश्री निरौलाका साथै अन्य कलाकारहरु हिजै उनलाई भेटन शिक्षण अस्पताल गएका थिए। 

विगत केहि वर्षदेखि रंगमन्चका साथै ठूलो र सानो पर्दाका सिनेमाहरुमा विभिन्न भूमिकामा खेल्दै आएकी कलाकार डंगोलले टेलिचलचित्रहरुको निर्माण पनि गरेकी छन। उनलाई नेपाली तथा नेवारी भाषाका म्युजिक भिडियो र चलचित्रहरुमा देख्न सकिन्छ। काठमाडौको बालाजु बनस्थली निवासी कलाकार डंगोलका २ वटी छोरी छन। 

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष अभिनेता रविन्द्र खडकाले सामाजिक सन्जालमा भनेका छन्, ‘सवैका प्रिय कलाकार श्री पल्पसा डंगोल ‘चम्सुरी’ मृगौला का कारण अस्वस्थ टिचिङ अस्पताल महाराजगन्ज को ३०५ नम्बर बेडमा उपचारार्थ रहेको समाचार प्राप्त भएको छ । उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ।’

राष्ट्रिय कलाकार मन्च केन्द्रीय समिति अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले पनि उनको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शीघ्र स्वास्थ्यलाभको कामना पल्पसाजी १ अन्तर्राष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाकी सल्लाहकार, अग्रज कलाकार, साथी पल्पसा डङ्गोलजी दुबै किड्नी फेल भएर अस्पताल भर्ना हुनुभएको खबरले निकै मर्माहत बनायो । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यस्तै दुःखद घडीमा हो पेशागत संघ संस्थाको छहारी चाहिने । अन्तर्राष्ट्रिय कलाकार मञ्च, नेपाल शाखामा रहनुभएका सबै मित्रहरुलाई वहाँ सँग संपर्कमा रहन, होस्टेमा हैंसे गर्न, हामीहरु छौं है भनेर ढाडस दिन र मानबिय समबेदना एबम सहयोगका हात अघि बढाउन म हार्दिक र बिनम्र अनुरोध गर्दछु । केन्द्रका तर्फबाट हामी वहाँसँग साथमा भएको जानकारी गराउन चाहन्छु ।’