साउन ३, २०७८ आइतबार

नायिका नम्रता सापकोटाले बिहे नगरी बच्चा जन्माउने इच्छा रहेको बताएकी छिन् । विवाहको समय पुगेको भए पनि विवाह नगरि बच्चा पाउने इच्छा रहेको र त्यो पूरा गर्ने उनले बताएकी हुन् ।

पुरुषप्रतिको नकारात्मक धारणाका कारण नभइ पोजेटिभ व्यक्ति नपाएकाले यो अवधारणा आएको उनको भनाइ छ ।

‘बिहे चाहिँ होइन, तर म बच्चा चाहिँ पाउँछु । विवाह गरेर हुन्छ वा नगरी हुन्छ । जे पनि हुनसक्छ,’ उनले भनिन्। नेपाली समाज परिवर्तन हुँदै आएको बताउँदै उनले सोहीअनुसार नै सिंगल मदर बन्न चाहेको बताइन् ।