त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत २०७८ साल बैशाख महिनामा सञ्चालित स्नातक दोश्रो वर्षको परीक्षा श्रावण ५ गतेदेखि हुने भएको छ।
कोभिड १९ को दोश्रो लहरका कारण स्थगित हुन गएको उक्त परीक्षाको समय तालिका परिवर्तन गरी श्रावण ५ गतेदेखि पूर्व निर्धारित परीक्षा केन्द्रहरूमा नै बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने भएको छ।
उक्त परीक्षामा उपस्थित भई सामेल हुन असमर्थ परीक्षार्थीहरूलाई आफूलाई पायक पर्ने जिल्लाको तोकिएको परीक्षा केन्द्रमा परीक्षा दिन पाइने व्यवस्था मिलाइएको छ।
