जेठ ३०, २०८१ बुधबार

फिल्म ‘ह्रस्व दीर्घ’ नायिका नीता ढुंगानाले निर्माण गरेको चरित्र खुल्ने पोस्टर सार्वजनिक भएको छ । फिल्मको मुख्य नायिका नीता सो पोस्टरमा बज्र लिएर उभिएकी छन् । 

पोस्टरमा नीताको पछाडि फिल्मका ६ मुख्य कलाकारको टाउको देख्न सकिन्छ । दक्षिण भारतीय ब्रह्मानन्दम र अलीलाई पनि नीताको पछाडि स्थान दिइएको छ । उनीहरूका साथै किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई चरित्र खुल्ने गरी पोस्टरमा देखाइएको छ । 

नीताले निर्माण गर्ने यस फिल्म उनका श्रीमान् युवा ज्योतिषी हरिहर अधिकारीले लेखेका हुन् । यो फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । उनको यो पहिलो नेपाली फिल्ममा डेब्यु निर्देशनसमेत हो । केही भोजपुरी फिल्म निर्देशन गरेका उनले यसअघि नेपाली सिनेमा क्षेत्रमा द्वन्द्व निर्देशकको परिचय बनाएका थिए ।

यो फिल्म नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । असोज ३ गते फिल्मको प्रदर्शन मिति तय गरिएको छ । फिल्ममा हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको मुख्य भूमिका रहेको बताइएको छ ।