जेठ ३१, २०८१ बिहिबार

काठमाडौँ, ३१ जेठ : कुवेतको मंगफ शहरमा आगलागी, ४९ जनाको मृत्युकुवेतको मंगफ शहरस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४९ जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा धेरैजसो भारतीय र अन्य विदेशी कामदार छन्। उद्धारकर्मीका अनुसार ४९ मृतकमध्ये ३० जनाको पहिचान भइसकेको छ, जसमध्ये अधिकांश भारतीय नागरिक छन्। ज्यान गुमाउनेमा पाकिस्तानी, बंगलादेशी र फिलिपिनी नागरिक पनि छन्। 

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त भवनमा १९६ जना कामदार बसेका थिए। कुवेतका आन्तरिक मन्त्रालयका प्रवक्ता मेजर जनरल इद अल ओवेइहानले सरकारी टीभीलाई स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे आगलागी भएको जानकारी दिए।

सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा भवनको तल्लो भागमा आगो लागेको र माथिल्लो तलाबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखाइएको छ।

कुवेतका उपप्रधानमन्त्री शेख फहाद युसुफ अल-सबाहले सम्पत्ति मालिकहरूलाई लोभको आरोप लगाए र भवनको मापदण्डको उल्लंघनले दुःखद घटना भएको बताए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनीहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।