जेठ ३२, २०८१ शुक्रबार

मकवानपुर, ३२ जेठ :  बागमती प्रदेश सरकारले स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ ।

 आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले  बागमती प्रदेशको दोस्रो आवधिक योजना (आर्थिक वर्ष २०८१÷०८२ देखि  २०८५÷०८६) स्वीकृत गर्ने, मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने, आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको ‘लेबल डिजाइन’ स्वीकृत निर्णय गरेको छ ।