धनगढीको प्रतिष्ठित वेस्टर्न इन्टरनेशनल बिजनेश स्कुलले थप उत्कृष्ट व्यवस्थापनसहित नयाँ शैक्षिक सत्र सुरु गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्कुलले नवीकरण शुल्क नतिरेको भन्दै मिति २०७६÷१२÷०४ गतेको मन्त्री परिषद्को बैठकले सञ्चालन अनुमति रद्द गरेको थियो।
मन्त्रालयले सञ्चालन अनुमति रद्द गरेपछि स्कुलका तर्फबाट राजकुमार सिंहले दिएको रिटमाथि फैसला गर्दै सर्वोच्च अदालतले पठानपाठन सुरु गर्न अनुमति पत्र पठाएको छ।
आफूहरूले २०७६÷०७७ सम्म नवीकरण शुल्क तिर्दा पनि मन्त्रालयले सञ्चालन अनुमति रद्द गर्न खोजेको बताउँदै स्कुलका प्रबन्ध निर्देशक शैलेन्द्र सिंहले सर्वोच्च अदालतले मन्त्रालयले रद्द गरेको सञ्चालन अनुमति खारेज गरेको पत्रकार सम्मलेलन गर्दै जानकारी दिनुभयाे । उहाँले भन्नुभयो— मन्त्रलयले स्कुलको सञ्चालन अनुमति रद्द गरेपछि पठनपाठनमा गर्न समस्या भएको हो । अब निरन्तर रूपमा पढाइ सुरु हुनेछ।
अमेरिकाको डेल्टा यूनिभरसिटीबाट सम्बन्ध प्राप्त वेष्टर्न इन्टरनेशनल बिजनेश स्कुल सञ्चालन अनुमति शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले रद्द गरेपछि पठानपाठन समस्या उत्पन्न भएको थियो।सर्वोच्चको फैसलापछि भर्ना अभियान सुरु गरिएको प्रबन्ध निर्देशक सिंहले बताउनु भयो।उहाँले भन्नुभयो—विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन अनुमति खारेज गरेको थियो।तर वरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार खड्काको एकल इजलासले मन्त्रालयले रद्द गरेको सञ्चालन अनुमति खारेज गरेसँगै पठनपाठन सुचारु गर्न पत्र पठाएको छ।
आइतबार विद्यालयमै पत्रकार सम्मेलन गर्दै प्रबन्ध निर्देशक शैलेन्द्र प्रकाश सिंहले साउन ३ गतेबाट भर्ना अभियान सुरु गरिएको बताउनु भयो।उहाँले भन्नुभयो—असारबाटै भर्ना अभियान सुरु हुनुपर्नेमा मन्त्रालयको एकलौटी निर्णयले समस्या भयो, सर्वोच्च अदालतले निर्णय खारेज गर्न अन्तरिम आदेश जारी गरेपनी हामिले शिक्षा मन्त्रालयको संचालन अनुमती पत्र अनुसार भर्ना अभियान सुरु गरेका छौँ।
शिक्षा क्षेत्रका केही माफियाको पैसामा बिकेका केही मिडिया सञ्चालकहरूका कुकृत्यलाई अदालतले समेत उदांगो पारिदिएको भन्दै वेस्टर्न इन्टरनेसनल बिजनेस स्कुलका प्रबन्ध निर्देशक शैलेन्द्र सिंहले अगाडि थप्नु भयो—जहिले पनि सत्यको विजय हुन्छ र सूर्यलाई हत्केलाले छोप्न सकिँदैन भन्ने कुरा ती पीत पत्रकारिता गर्नेले बुझ्न जरुरी छ।