काठमाडौँ, ३ असारः नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टी–२० मा एक सय विकेट लिएका छन् ।
टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशसँगको आजको खेलमा व्यत्तिःगत २ विकेट लिएर सन्दीपले अन्तर्राष्ट्रिय सय विकेट बनाएका हुन् ।
उनले अन्तर्राष्ट्रिय ५४ खेलमा १०० विकेट पूरा गरेका हुन् । अन्तर्राष्ट्रिय टी–२० मा १०० विकेट पूरा गर्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् ।