मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा अश्लिल फिल्म (पोर्न फिल्म) बनाएको आरोपमा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर एपमार्फत रिलिज गरेको आरोपमा मुख्य आरोपी बनाएर पक्राउ गरेको हो ।
यसै बर्ष फेब्रुअरीमा उनीविरुद्ध अश्लिल फिल्म बनाएको र एपमार्फत रिलिज गरेको उजुरी दर्ता भएको थियो । यसै मामिलामा राज कुन्द्रा मुख्य आरोपीका रूपमा पक्राउ परेका हुन् ।
राजकुन्द्राका वसरुद्ध आफूसँग पर्याप्त प्रमाण भएको र उनलाई सोधपुछ गरिरहेको मुम्बई पुलिसले बताएको छ । मेडिकल परिक्षणपछि राज कुन्द्रालाई आज मंगलबार कोटमा पेस गरिनेछ ।
हटसट नामक एक एप बनाएको र उक्त एपमा फिल्म राख्दै मानिससँग पैसा उठाएको र एमका मालिक राज कुन्द्रा भएको आरोप पुलिसको रहेको छ । राज कुन्द्राले भने आफ्नो एपसँग कुनै पनि लेनदेन नभएको दाबी गरेका छन् ।
पुलिसका अनुसार मुम्बईमा कामको खोजीमा आउने सोझासिधा केटीलाई यस कामका लागि फसाउने गरिएको छ । ठूलो फिल्ममा काम लगाउने बहानामा समेत अश्लिल फिल्ममा काम गराउने गरिएको छ । फिल्म बनेपछि मोवाइल एप तथा ओटीटी प्लेटफर्ममा रिलिज गरेर लाखौं कमाउने गरिएको छ ।
मुम्बईको मलाड वेस्टको मढ गाउँको एक घर भाडामा लिइएको थियो । जसमा अश्लिल फिल्म छायाङ्कन भएको थियो । एपीआई लक्ष्मीकान्त सालुखेले उक्त बंगलामा छापा मारेको समय पनि अश्लिल फिल्मको सुटिङ चलिरहेको थियो । सो क्रममा आरोपीले एकमात्र नभएर कयौ एपमा यस्ता फिल्म रिलिज गर्ने गरेको समेत बुझिएको छ ।