काठमाडौँ, ९ असारः सम्पादक समाज नेपालको अध्यक्षमा पुरु रिसाल निर्वाचित हुनुभएको छ । यही असार ६ गते सम्पन्न समाजको साधारणसभापछि भएको निर्वाचनबाट रिसालको अध्यक्षतामा सर्वसम्मतीबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
समाजको उपाध्यक्षद्वयमा नारायण उपाध्याय र जुनारबाबु बस्नेत, महासचिवमा श्याम डोटेल, सचिवमा राजु बस्नेत तथा कोषाध्यक्षमा ठाकुरप्रसाद दुलाल ९माधव० निर्वाचित हुनुभएको छ । साथै सदस्यहरुमा रामचन्द्र तिवारी, माधव पौडेल, विष्णुप्रसाद नेपाल, राधा चालिसे, शरण उत्सुक सापकोटा, शुभेच्छा विन्दु र कवि थापा मगर निर्वाचित हुनुभएको समाजले जनाएको छ ।