सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले सुदुरपश्चिम प्रदेशमा रिक्त रहेका पदहरूको पदपूर्ति शुरु गर्ने तयारी गरेको छ । लोकसेवा आयोगको गठन भैसकेपछि आवश्यक कानुनहरूको निर्माण भैसकेकाले प्रदेश लोकसेवा आयोगले पदपूर्तिको प्रकृया अघि बढाउने तयारी गरेको हो ।
‘आयोगलाई काम गर्न आवश्यक कानुनहरु बनिसकेका छन् । द्रुत गतिमा पदपूर्ति कहिले गर्ने भनेर हामी आतुर छौं ।’ प्रदेश लोकसेवा आयोगका सचिव दुर्गादत्त विष्टले भने ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रिक्त दरबन्दीको विवरण आइपुग्नेबित्तिकै पदपूर्तिकाे काम अघि बढाउँछौं ।’ साउन १५ गतेभित्र प्रदेशमा रहेका रिक्त पदहरूको विवरण उपलब्ध गराइदिन लोकसेवा आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्याललाई आग्रह गरिसकेको छ । सचिव विष्टका अनुसार मागेकै समयमा जानकारी आइपुगे भदौ पहिलो हप्तासम्म विज्ञापन गरिसक्ने छ ।