आज साउन ६ गते अर्थात बिपी स्मृति दिवस । आजभन्दा ठिक ३९ बर्षअघि नेपालको प्रजातान्त्रिक आन्दोलनको सबैभन्दा अग्लो व्यक्तित्व जननायक बिपी कोइरालाले आफ्नो देह त्याग गरेका थिए । पञ्चायती निरंकुश शासनको कठिनबेला पनि उनको अन्तिम विदाई गर्न लाखौं नेपाली सडकमा आएको घटना सम्झने कतिपयले अहिलेसम्म त्यति ठूलो जनसागर कसैको मृत्युमा पनि नउर्लिएको बताउने गर्छन् । नेपाली जनताको बिपीप्रतिको त्यो अपार मायाँं र श्रद्धा उनको देश, जनता र प्रजातन्त्रप्रतिको अविचल निष्ठा र समर्पणका कारण थियो ।
पञ्चायतसँंग सम्झौंता गरेको भए बिपीले आजीवन सत्ता नपाउने अवस्था सम्भव त थिएन तर जनताको अधिकार र तीनको प्रगतिका लागि बिपीले सत्ताभन्दा जेल जीवन नै रोजेका थिए । विचार र नेतृत्वका दृष्टिकोणले बिपी नेपालमा सबैभन्दा शिखर पुरुष भएर पनि उनको सत्ता यात्रा १८ महिने छोटो कार्यकाल मात्र थियो । अत्यन्त रुढिग्रस्त र सामान्ती संस्कारयुक्त समाजमा पनि बिपीले त्यहि छोटो समयमा गरेकोजस्तो क्रान्तिकारी काम त्यसपछिको झन्डै ६० बर्षसम्म कसैले गर्न सकेको देखिदैंन । क्रान्तिकारी भूमिसुधार, जंगलको राष्ट्रियकरण, जमिनमा हदबन्दी, विर्ता उन्मुलन, छुवाछुत अन्त्यको घोषणाजस्ता क्रान्तिकारी काम त्यहि १८ महिने सरकारका पालामा भएको थियो । समावेशीता हामीले संविधानमै लेखे पनि अहिले पनि सहि अर्थमा समावेशीकरण हुन सकेको छैन । तर बिपीले आफ्नो सरकार र पार्टीमा संविधान र कानुनमै नलेखी पनि समावेशीकरणको उत्कृष्ट नमुना प्रस्तुत गरेका थिए । यसबाट के बुझ्न सकिन्छ भने शासनको असली रुप संविधान र कानुनभन्दा पनि नेतृत्वको दृष्टिकोण, व्यवाहार र आचरणले प्रकट गर्ने हो । जानकारहरुका अनुसार बिपीको यस्तै क्रान्तिकारी कदमहरुका कारण सामान्ती व्यवस्थाको प्रतिकका रुपमा रहेको राजसंस्थाले बिपीलाई हटाउनु अनिवार्य ठानेको थियो । त्यहि भएर राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरी बिपीलाई जेल हालेका थिए ।
सत्तामा कैयौं पटक बसेकाहरुलाई होइन आज पनि नेपाली जनताले तीनै महान सपुत बिपीलाई सम्झने गर्छन् । कतिसम्म भने बाटो बिराएर बिपीलाई गाली गर्ने कम्युनिस्ट र पुराना पञ्चहरु पनि आज उनलाई नेपाली राजनीतिको सबैभन्दा अग्लो ब्यक्तित्वका रुपमा ग्रहण गरेर अनुकरण गर्नुपर्ने बताउँंछन् ।
तर स्वयं उनको पार्टी नेपाली कांग्रेसले बिपीलाई बिर्सिएको जनमानसमा ठूलो गुनासो छ । खासगरी बिपीले देखाएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा कांग्रेस खरो उत्रन नसक्दा बहुदलीय व्यवस्था पुर्नस्थापनापछि सबैभन्दा बढि शासनमा बसेर पनि उक्त पार्टीले जनताको जीवनमा खासै सुधार ल्याउन सकेन । जनताको आर्थिक उन्नतिका लागि बिपीले देखाएको प्रजातान्त्रिक समाजवादलाई कांग्रेसले आत्मसाथ गर्न नसक्दा नै इतिहासमै कांग्रेस जनताबाट टाढा हुँंदै गएको र यति कमजोर हुन पुगेको हो ।
इतिहासमै सबैभन्दा कमजोर अवस्थामा भएर पनि कांग्रेसले यतिबेला केपी ओली सरकारको निरंकुश, स्वेच्छाचारिताविरुद्धको संघर्षको नायकत्व लिने अवसर भने पायो । कांग्रेसको वर्तमान सांगठानिक अवस्था, लोकप्रियता अथवा अन्य कुनै कारणले होइन बिपीकै पालादेखि कांग्रेसले आर्जन गरेको राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वास र संरचनागत सामथ्र्यले त्यो अवसर पाएको हो । बाटो बिराएको कांग्रेसलाई इतिहासले फेरि एक पटक मौका दिएको छ । तर अब सँंधै कांग्रेसलाई त्यहि अवसर प्राप्त भइरहन सम्भव छैन । मौकाले कांग्रेस यतिबेला सत्तामा पुगेको छ । यसको सदुपयोग गरेर वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाको वर्तमान नेतृत्वको सरकारले जनतासँंग टुटेको कांग्रेसको सम्बन्धलाई पुर्नजागृृत गराउनसक्नुपर्छ । गठबन्धन सरकार भएकाले चाहेर पनि यसले धेरै काम गर्न नसक्ला तर कोरोना महामारीले थला परेका गरिब नेपाली जनताको हितमा आफूलाई केन्द्रित गर्दै बिपीले भनेझैं समान अवसर, उत्पादनमा बृद्धि र प्राथमिकताका आधारमा उत्पादनको न्यायोचित वितरण गर्ने प्रजातान्त्रिक समाजवादको मूल मर्मलार्ई आत्मसात गरेर अघि बढ्नुपर्छ ।
‘योजना बनाउँंदा राजा अथवा शासकहरुको तस्वीर होइन हलो जोत्ने किशानको तस्वीर हेरेर बनाउनुपर्छ’ भन्ने बिपीको पार्टीको उत्तराधिकारीका रुपमा रहेका कांग्रेस सभापति देउवाले आफ्नो सरकारको प्राथमिकता के हो भनेर अब पनि पहिल्याउन सकेनन् भने इतिहासले कांग्रेसलाई दिएको यो अवसर त्यसै गुम्ने अवस्था आउन सक्छ । ओलीको स्वेच्छाचारी शासनबाट हैरान भएका जनतालाई देउवाले केहि आशातित कामबाट सकारात्मक सन्देश दिन सक्नुपर्छ ।
बिपीको पार्टी कांग्रेस यतिबेला इतिहासमै अवैधानिक हुने कठिन अवस्थाबाट गुज्रिरहेको छ । भदौमा यसको महाअधिवेशन भएन भने कांग्रेस संविधान त ः अवैधानिक ठहरिने छ । नेपालमा जनअधिकारका लागि तीन तीन वटा आन्दोलनको नेतृत्व गरेको पार्टी अवैधानिक हुनुपर्ने अवस्थामा पुग्नु भनेको कस्तो दुर्भाग्यपूर्ण अवस्था हो रु जनअधिकार रक्षाको लागि कांग्रेस निर्माण गर्ने र प्रजातन्त्रका लागि जीवन समर्पण गर्ने बिपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद लगायतका नेता तथा यो पार्टी निर्माणमा शहिद हुनेहरुप्रतिको पनि ठूलो अपमान हो । एकातिर महाअधिवेशन गर्ने सुनिश्चितता अझै छैन भने अर्कोतर्फ आफ्नै पार्टीका कार्यकर्ताले क्रियाशील सदस्यतामा अन्याय भयो भनेर अनशन बस्नुपर्ने अवस्था सृजना भएको छ । बिपीलाई स्मरण गरिरहँंदा कांग्रेसको यो अवस्था प्रजातन्त्रमा विश्वास राख्ने जोकोहीका लागि चिन्ताको विषय हो । लोकतन्त्रको पर्याय ठान्ने कांग्रेसले आफ्नै कार्यकर्तालाई यसरी अन्याय गर्ने सन्देश प्रवाहित हुँंदा जनतासँंग यो पार्टीको सम्बन्ध झन टाढिने अवस्था आउँंछ । त्यहि भएर कांग्रेस नेतृत्वले यी सबै समस्याको समाधान गरी समयभित्रै महाअधिवेशन सम्पन्न गरेर उक्त महाअधिवेशनबाट बाटो बिराएको कांग्रेसले बिपीको बाटोलाई पुनः अनुसरण गरेको सन्देश जनतामा प्रवाहित गर्न सकेमात्र खस्किएको कांग्रेसको साख विस्तारै माथि उठ्न सक्छ ।