असार १७, २०८१ सोमबार

काठमाडौँ, १७ असार : कोपा अमेरिका फुटबलमा क्यानडा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको समूह ‘ए’ अन्तर्गतको खेलमा चिलीसँग गोलरहित बराबरी खेल्दै क्यानडा क्वार्टरफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भए ।

यो बराबरीसँगै क्यानडा तीन खेलबाट ४ अंक जोड्दै समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । शतप्रतिशत जित निकालेको अर्जेन्टिना समूह विजेता बनेको छ । चिली र पेरु प्रतियोगिताबाट बाहिरिएका छन् ।