असार १८, २०८१ सोमबार

काठमाडौँ, १७ असार : भारतका चर्चित गायक कुमार सानु र गायिका रानी शाक्यको हिन्दी युगल गीत ‘शिद्दत’ सार्वजनिक भएको छ । नील शाक्यको संगीत रहेको गीतमा निशिला शाक्यको शब्द छ ।

गीतको भिडियोमा मोडलद्धय अभिषेक खड्का र कुसुम शर्माको अभिनय देख्न सकिन्छ । रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।

सार्वजनिक गीतको भिडियोमा अभिषेकसँग मोडल कुसुम शर्माको रोमान्टिक अवतार देख्न सकिन्छ ।