साउन ६, २०७८ बुधबार

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूले पुस्तकसमेत किन्ने अवसर नभएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकमा बालवालिकालाई कम्तीमा पुस्तक हातमा पुर्‍याउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले यो जानकारी दिए ।

 
जिल्लाको जिपी स्टेशनरी एण्ड सप्लार्यले यस वर्ष रु २५ लाखका पुस्तक भित्र्याएको बताएको छ । पुस्तक भने बिक्री नहुने डरले अन्य लगानी गर्न नसकिएको प्रवन्धक गणेश रोकाया बताउँछन् ।

यता सन्ध्या स्टेशनरीले जिल्लामा भित्र्याएको रु १८ लाखको पुस्तक बिक्री नभएर स्टक भएको छ ।

जिल्लाका विद्यालयको खातामा पाठ्यपुस्तको रकम गइसकेको जिल्ला शिक्षा समन्वय समितिले जानकारी दिएको छ । शिक्षा समन्वय प्रमुख मकरबहादुर भण्डारीका अनुसार जिल्लाका आठवटै स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम दिइसकेको हुँदा अब विद्यालयले चाडै विद्यार्थीको हातमा पुस्तक पुर्‍याइने छ । जुम्लामा एक सय ७० विद्यालयका करिब ४० हजार विद्यार्थी छन् ।