असार १७, २०८१ सोमबार

    एसयूभीए(फिजी),१७ असार : फिजीको सबैभन्दा ठूलो राजनीतिक दल, ‘फिजीफस्र्ट’ का पूर्व नेता र पूर्व प्रधानमन्त्री फ्रान्क बाइनिमारामालाई न्यायको मार्गलाई बिगारेको आरोपमा जेल सजाय भएको दुई महिनाभन्दा कम समयमा सोमबार दर्ता रद्द गरिएको छ ।     
     
देशको ५५ सदस्यीय संसद्मा विपक्षी दल फिजीफस्र्टले सबैभन्दा बढी सिट जिते पनि सन् २०२२ मा त्रि–पक्षीय गठबन्धन सरकार गठनका कारण विपक्षीको भुमिका निर्वाह गर्दै आएको थियो ।     
     
देशको नेतृत्व गर्दा पुलिसको अनुसन्धानलाई दबाउन आफ्नो राजनीतिक प्रभाव प्रयोग गरेको अदालतको ठहरपछि यस वर्षको सुरुमा बैनिमारामा जेल पर्नुभएको थियो ।     
     
एक समय प्रभावशाली रहेको पार्टीको नीति र भविष्यको दिशामा गहिरो विभाजनले थप उथलपुथल निम्त्याएकोले धेरै वरिष्ठ पदाधिकारीहरूले गत महिना सामूहिक राजीनामा दिएका थिए ।     
फिजीफस्र्टलाई जुनमा आन्तरिक विवादहरू समाधान गर्न उचित मार्गहरू प्रदान गर्न संविधान संशोधन गर्नुपर्ने चेतावनी दिइएको थियो ।     
     
फिजीफस्र्टलाई निर्णयविरुद्ध अपिल गर्न १४ दिनको समय दिइएको राजनीतिक दलका रजिष्ट्रार एना माताइसिभाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।     
     
फिजियन विश्वविद्यालयमा भएको कथित भ्रष्टाचारको पुलिस अनुसन्धान रद्द गरेको आरोपमा दोषी ठहरिएपछि बैनिमारामा गत मे मा जेल पर्नुभएको थियो ।     
     
पूर्व सैन्य कमान्डरले सन् २००६ मा रक्तपातरहित विद्रोहबाट सत्ता कब्जा गरी दक्षिणी प्रशान्त राष्ट्र फिजीमा एक लोकप्रिय व्यक्तित्व बनेका थिए ।