साउन ६, २०७८ बुधबार

आचार्य चाणक्य राजनीतिसँगसँगै जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए त्यसलाई दिएर इतिहासमा अमर भए ।

उनी महान् शिक्षक पनि थिए । उनका केही कुरा जो सयौं वर्षपहिले जति सान्दर्भिक थिए, अहिले पनि त्यति नै सान्दर्भिक छन् ।

पढ्नुस्, चाणक्यकाअनुसार पुरुषले सधैं गोप्य राख्नुपर्ने ४ कुरा ः

१. चाणक्य भन्छन् –धनको क्षति भयो भने त्यसका बारेमा कसैलाई पनि भन्नु हुँदैन । यसको कारण मानिसको प्रतिष्ठा नष्ट हुन्छ र मानिसहरूले उसको सम्मान गर्न छाड्छन् । मानिसहरू उसलाई मद्दत गर्नुको साटो उसको अवस्थालाई हाँसाको विषय बनाउँदछन् ।

२. आचार्य चाणक्यका अनुसार यदि मनका केही दुःख छ भने त्यो पनि कसैसँग अभिव्यक्त गर्नु हुँदैन । किनभने संसारमा सच्चा हितैषी एकदमै कम हुन्छन् । हुन सक्छ जुन मानिससँग दुःख अभिव्यक्त गरिन्छ उसैले पिठ्युँपछि उसको मजाक उडाउन सक्छ । जसकारण झन् दुःखी बनाउँछ ।

३. पुरुषले आफ्नो घरको भित्री कुरा कसैलाई पनि बताउनु हुदैन । विशेष गरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कासँग कुनै पनि टिप्पणी गर्नु हुँदैन । यसो गर्नाले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ । भविष्यमा उसले विभिन्न समस्याहरू सामना गर्नुपर्ने हुन सक्छ ।

४. भनिन्छ–ज्ञानी त्यही हो जो मान तथा अपमानलाई सदैव समान रूपमा लिन्छ । तर, यस्तै गर्न सक्नु एकदमै कठिन मानिन्छ ।

आचार्य चाणक्यको भनाइ छ–जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरूको सामुन्ने चर्चाको विषय बनाउनु हुँदैन । हुन सक्छ तपाईं अरूलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ परन्तु सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन् वृद्धि हुन्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग पनि बताउनु हुँदैन ।