असार २०, २०८१ बुधबार

काठमाडौँ, १९ असार : राजु गिरीको निर्देशनमा निर्माण भएको फिल्म ‘नम्बरी सुन’को प्रदर्शन अघि सरेको छ । भदौ १ गते प्रदर्शन मिति तोकिएको फिल्म साउन २५ नै हलमा लाग्ने भएको छ ।

निर्माण टिमले फिल्मका प्रमुख कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै प्रदर्शन नयाँ सार्वजनिक मिति तोकेको हो ।

निर्माण पक्षले के कारणले प्रदर्शन मिति हेरफेर गरिएको हो खुलाएको छैन । यस फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ लयायतको समेत अभिनय रहेको छ ।

नारायण खातीको कथा तथा प्रस्तुति रहेको यस फिल्मका पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्मााण भएको फिल्मको सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर फिल्म निर्माण गरेका हुन् ।

फिल्मका गीतमा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीले स्वर दिएका छन् । फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।