नेपाल नर्सिङ काउन्सिलले नर्स तथा मिडवाइफको लाइसेन्सको परीक्षाका लागि साउन १० गते देखि भदौ ७ गतेसम्म अनलाइन फारम भर्न सक्ने जनाएको छ । काउन्सिलले अगामी भदौ १९ गतेदेखि नर्स तथा मिडवाइफको लाइसेन्सको परीक्षाका सुरु गर्ने भएको छ ।
यस्तै भदौ ८ गतेदेखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिनेछ । नाम दर्ता प्रमाणपत्रका लागि नेपाल नर्सिङ काउन्लिलले पिसिएल वा बिएस्सी नर्सिङ र व्याचरल इन मिडवाइफ्री साइन्समा उत्तीर्ण भएका विद्यार्थी सहभागी हुन सक्ने जनाएको छ । परीक्षाका लागि आवेदन अनलाइन माध्यमबाहेक अन्य माध्यमबाट भर्ना अर्थात् बुझाउन नपाइने भन्दै http://nnc.org.np/ मा गइ दिइएको निर्देशनअनुसार फारम बुझाउन आग्रह गरिएको छ ।