काठमाडौँ, २७ असार : विभिन्न कारणले बेसहारा बनेर वृद्धाश्रम पुगेका बुवा आमाको कथामा सर्ट फिल्म ‘लापत्ता सन्तान’ निर्माण भएको छ । रामजी ज्ञवालीको लेखन, निर्माण एवं निर्देशन रहेको फिल्ममा रश्मि भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट र मनिष पी निरौलालाई देख्न सकिन्छ ।
विभिन्न कारण आश्रम पुगेका बुवा आमा र उनीहरूका सन्तानको कथा फिल्मले उठान गरेको छ । फिल्मको टिजर केही दिनमा सार्वजनिक गरिने निर्देशक ज्ञवालीले बताए । ‘टिजरबाट केही कथा बोल्छौँ । पुरा फिल्म भने केही ढिला सार्वजनिक गर्ने हाम्रो तयारी छ’ निर्देशक ज्ञवालीले भने, ‘फिल्म निर्माणको उद्देश्य कमाउने भन्दा पनि जनचेतना फैलाउने हो ।’
निरज कँडेलको डीओपी र नहकुल खड्काको सम्पादनमा रहेको फिल्म कलर संयोजन राजेन्द्र मोक्तान हुन् । ज्ञवालीले यसअघि ‘डार्क मुन’, ‘एक लभर’, ‘आराध्या’, ‘हनिमुन’ लगायतका सर्ट फिल्म बनाएका थिए ।