काठमाडौँ, २८ असार : गए राती नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएर लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसिएको खवरले आफू स्तव्ध रहेको कुरा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले बताएका छन ।
आफ्नो सामाजिक सन्जाल मार्फत स्थानिय प्रशासनलाई यथासिघ्र उद्धार र खोजिको कार्य अघि बढाउन अध्यक्ष गुरुङले ध्यानाकर्षण गराएका छन ।
त्यस स्थानको तरुणहरुलाइ स्थानीय प्रशासनसङ समन्वय गरि अज्ञात रहेको यात्रीको खोजी र उद्धारमा खटिन नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले निर्देशन दिएका छन ।