असार ३०, २०८१ आइतबार

पुल–ए–खुमरी, अफगानिस्तान, ३० असार: उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य ५  जना घाइते भएको शनिबार प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ। 

प्रान्तको डान्ड घोरी जिल्लामा शनिबार एक सैन्य गाडी यात्रु कारसँग ठोक्किदा घातक दुर्घटना भएको हो । \

त्यसै गरी, प्रान्तको राजधानी पुल–ए–खुमरी सहरको हुसेनखैल क्षेत्रमा शनिबार राति मोटरसाइकल र गाडी ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

अफगानिस्तानमा सडकको खराब अवस्था, लापरवाह ड्राइभिङ, कठिन भौगोलिक अवस्था , तीव्र गतिलगायतका कारण सडक दुर्घटनाहरू सामान्य छन् ।