साउन ८, २०७८ शुक्रबार

तलब वृद्धिको माग गर्दै आज नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा धर्ना दिएको । शिक्षकहरूले आफ्नो पेसागत पोसाकमा तीन घण्टा धर्ना दिएका हुन् ।

प्रारम्भिक बालकक्षा, शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनुपर्ने भन्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । यस्तै सरकारले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने र राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका उनीहरूले माग राखेका छन् ।