काठमाडौँ, ४ साउनः सूर्यकुमार यादव भारतीय टी२० क्रिकेट टोलीको नयाँ कप्तान बनेका छन् । श्रीलंकाविरूद्ध हुने टी–२० सिरिजका लागि भारतले सूर्यकुमार यादवको कप्तानीमा टोली घोषणा गरेको हो ।
टी– २० विश्वकपको उपाधि जितेसँगै कप्तान रोहित शर्माले टी–२० बाट सन्न्यास लिएपछि टोलीको टी–२० टिमको कप्तान खाली भएको थियो ।
भारतले जुलाई २७ देखि अगस्ट ७ सम्म श्रीलंकासँग तीन एकदिवसीय र तीन टी–२० आई खेल खेल्दैछ । एकदिवसीयमा भने भारतको कप्तानी रोहित शर्माले गर्ने छन् ।
श्रीलंकामा हुने सिरिज नयाँ प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा भारतको पहिलो सिरिज हुनेछ ।
टी-२० टोली
सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिह, रियान पराग, ऋषभ पन्त, सन्जु स्यामसन, हार्दिक पान्ड्या, शिवम दुबे, अक्षर पटेल, वासिन्टन सुन्दर, रवि बिश्नोई, अर्शदिप सिह, खलिल अहमद र मोहम्मद शिराज।
ओडीआई टोली
रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान) विराट कोहली, श्रेयस ऎर, रियान पराग, ऋषभ पन्त, लोकेश राहुल, हर्षित राना, शिवम दुबे, अक्षर पटेल, वासिन्टन सुन्दर, कुलदिप यादव, अर्शदिप सिह, खलिल अहमद र मोहम्मद शिराज ।